काठमाडौं । विभिन्न सरकारी कार्यालय र सरकारी विद्यालयहरुका शौचालयहरु फोहोर भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो आएको छ ।
सरकारी कार्यालय र सरकारी विद्यालयहरुमा शौचालय फोहोर भएको भन्दै गुनासो आएपछि सरकारले त्यसबारे चासो देखाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गुनासो आएको थियो । शिक्षा मन्त्रालयको शिक्षा तथा मानवस्रोत केन्द्रले त्यसबारेमा ध्यानाकर्षण भएको भन्दै कार्यविधि अनुसार काम गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।
केन्द्रले सूचना जारी गर्दै भनेको छ, ‘सो सम्बन्धमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची–१ बमोजिम विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता मापदण्ड सम्बन्धी व्यवस्था भए बमोजिम आ–आफ्नो जिल्लाका विद्यालयहरुमा स्थानीय तहमार्फत कार्यान्वयन गर्न–गराउन सहजीकरण गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’
त्यसो त नेपालका धेरै सरकारी कार्यालय, सरकारी विद्यालयदेखि क्याम्पस र सार्वजनिक स्थानमा भएका शौचालयहरु फोहोर रहने गरेको गुनासो आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया