कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनय गरेका हुन् ।

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौंका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागले तराई–मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी सङ्गठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?