शेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्बमाथिको कारोबार

लोकपथ
70
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज बजार परिसूचक १० दशमलव ६१ अंकले गिरावट आएको नेप्सेले जनाएको छ । त्यस्तै आज बजार ०.४० प्रतिशतले गिरावट आउँदै बजार भने २ हजार ६ सय ३३ दशमलव ३२ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेका अनुसार आज कुल १ करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता शेयर ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये १०५ वटा कम्पनीको शेयर बढेको, १२९ शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

त्यस्तै आज न्यादी हाइड्रोपावर, जानकी फाइनान्स लिमिटेड, ग्रीन डेभलवमेन्ट, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । यता सप्तकोशी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलवर्श लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?