लक्ष्मी सनराइज बैंकको अगुवाईमा थुन्सा जलविद्युत आयोजनाका लागि लगानी सम्झौता

लोकपथ
35
Shares

काठमाडौं । लक्ष्मी सनराईज बैंक लिमिटडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लिमिटेडबीच सो कम्पनीले ताप्लेजुङको घुन्सा नदीमा निर्माण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।

सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

घुन्सा खोला जलविद्युत आयोजनाले ०७९ साल मंसिरमा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो । साथै ०८१ वैशाख २१ नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्री सिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत उत्पादन कम्पनी लिमिटेडको संयुतm लगानी ५१ प्रतिशत हुनेछ ।

सो परियोजना निर्माणको लागि लक्ष्मी सनराईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरु बाट लगानी रहने छ ।

त्यस्तै लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तिय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छे« बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।

सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम ‘नेपालको पानी जनताको लगानी’ जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?