मलाई हाच्छ्यूँ आउँदा आईसियू कक्षको तस्बिर राखेर प्रचार गरियो : प्रधानमन्त्री ओली

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सामान्य समस्या आउँदा आईसियूमा बसेको बेलाको तस्बिरहरु राखेर प्रचार गरिने गरिएको भन्दै आपत्ति जनाएका छन् ।

केही दिनअघि आफू बिरामी भएर आराम गर्दा पहिले आईसियूमा बसेको तस्बिरहरु सार्वजनिक भएकोप्रति लक्षित गर्दै आक्रोश व्यक्त गरे ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आर्इसियूमा रहेका बेलामा खिचिएका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गरे ।

‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आईसियूकक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आईसियूमा बसेको देखाउँछन्,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै उनले फरक प्रशंगमा सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?