नन्दबहादुर राजनीतिमा आउँदा विद्यादेवी खुसी, आफ्नोबारे के भन्छिन् ?

लोकपथ
266
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को राजनीतिक सक्रियताबारे शुभेच्छा व्यक्त गरेकी छन् ।

सोमबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले दुई कार्यकाल गरी ७ वर्ष आफूहरु सँगै रहेको बताउँदै राजनीति सक्रियताबारे सुखी व्यक्त गरिन् ।

पत्रकारहरुले सर्वोच्चमा पदमा बसेका दुवै जना राजनीतिमा आउने विषयमा प्रश्न सोधेका थिए । सो क्रममा पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ । राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ ।’

त्यस्तै पत्रकारहरुले उनको राजनीतिक सक्रियताबारे समेत जिज्ञासा राखेका थिए । आफू राष्ट्रिय राजनीति गरेर देशकै सर्वोच्च पदमा पुगेको बताउँदै राष्ट्रपतिबाट हटेपछि पुनः राजनीतिमा आउने चासो हुनु स्वभाविक रहेको बताइन् ।

‘राष्टिय राजनीति नै गरेर यो तहसम्म जिम्मेवारी पूरा गरेको अवस्था हो’ उनले भनिन्, ‘नेपाललाई के गर्दा राम्रो हुन्छ भन्नेमा चासो भइहाल्छ नि ।’

पछिल्ला दिनहरुमा उनको पूर्व पार्टी एमालेमा राजनीतिक सक्रियता बढाएकी छन् । एमालेको भावी नेतृत्वका रुपमा समेत भण्डारीलाई हेरिएको छ । उनले आफू एमालेबाट हुर्किएकाले राजनीतिक रुपमा सक्रियता हुँदा सोही पार्टीबाट हुने बताइन् । तर राजनीतिमा सक्रिय हुनेबारे कुनै छलफल नभएको समेत उनको दाबी छ ।

‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन’, भण्डारीले भनिन् ।

यो पनि…

विद्यादेवी–नन्दबहादुरका संयोग : सँगै देशको सर्वोच्च पद, सँगै राजनीतिमा ‘इन्ट्री’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?