सशस्त्र प्रहरीद्धारा गोदाममा छापा, ५० लाखभन्दा बढीको सामान बरामद

लोकपथ
588
Shares

काठमाडौं । भन्सार छलेर नेपाल ल्याई अवैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूई तलामा अबैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामानहरु बरामद गरेको हो ।

गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ ।

बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ ।

बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?