काठमाडौं । आगामी संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खरो रुपमा उत्रिने तयारी गरेको छ ।
सरकारले हालै ल्याएको अध्ययादेशबारे असन्तुष्टी जनाइरहेको रास्वपाको आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
‘संसद्मा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ । विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ति अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण(दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।
त्यस्तै आगामी फागुनमा रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने निर्णय गरेको छ । साथै सातै प्रदेशका लागि संयोजक समेत तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया