संसद् अधिवेशनको तयारी तीव्र : आज कार्यव्यवस्था समितिको बैठक

लोकपथ
84
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को आगामी हिउँदे अधिवेशनको तयारी तीव्र पारेका छन् ।

आगामी माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

हिँउदे अधिवेशनलाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आजका लागि कार्य व्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार आज दिँउसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बस्नेछ । बैठकमा आगामी संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

त्यसो त यसअघि नै सत्तारुढ विपक्षी दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग समेत सभामुख घिमिरेले छलफल गरिसकेका छन् । साथै विभिन्न समितिका सभापतिहरुसँग सभामुख घिमिरेले छुट्टाछुट्टै छलफल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?