काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ मेला जारी छ । प्रयागराजस्थित त्रिवेणी संगममा १७ दिनदेखि मानिसको घुइँचो लागेको छ । विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामा हालसम्म १५ करोडभन्दा बढी भक्तजन महाकुम्भ मेलामा सहभागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १७ दिनदेखि प्रयागराजस्थित त्रिवेणी संगममा मानिसको घुइँचो लागेको छ ।
दुई दिनमा तीन करोड भक्तजनले गरे स्नान : मौनी अमावस्या नुहाउने पर्व नै भक्तजनहरुमा स्नान गर्ने उत्साह देखिएको थियो । आइतबार र सोमबार त्रिवेणी संगममा ठुलै भीड थियो । प्रशासनको तथ्यांकअनुसार यी दुई दिनमा करिब तीन करोड मानिसले स्नान गरेका थिए । जसमध्ये आइतबार १ करोड ७४ लाख भक्तजनले स्नान गरेका थिए । सोमबार पनि साँझ ६ बजेसम्म १.१८ जनाले स्नान गरेका छन् ।
त्यस्तै भोलि बुधबार २९ जनवरी मौनी अमावस्या महाकुम्भ २०२५ को दोस्रो अमृत स्नान हो। मौनी अमावस्या (२९ जनवरी) मा १० करोडभन्दा बढी मानिस आउन सक्ने अनुमान लगाइएको छ । यस बाहेक वसन्त पञ्चमीको लागि फागुन १ गते बेलुकी ८ बजेदेखि फागुन ४ गते साँझ ७ः५९ बजेसम्मको लागि कुनै पनि कर लाग्ने छैन । यो प्रणाली कोखराज, नवाबगञ्ज, सोराँ, सहसोन, हान्डिया, लालनगर, रामनगर घसियारी, उमापुर, मुंगरी र हरो टोल प्लाजामा लागू हुनेछ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) का प्रमुख परियोजना प्रबन्धक पंकज मिश्रले यसको पुष्टि जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया