काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको बताए ।
उनले अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरूको लागि महत्त्वपूर्ण रहेको बताए । प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसद्मा गम्भीर ढंगले आवाज उठाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया