संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरिएको बताए । उनले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानुन निर्माण गर्नेकुरामा तीव्रता दिने बताए ।

संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभाविक रहेको बताए ।  प्रमुख सचेतक बर्तौलाले संसद् र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?