भ्रस्टचारी भन्दै पौडेलद्वारा गोविन्दराज जोशीविरुद्ध उजुरी

काठमाडौँ, १७ कात्तिक- काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवार दिएका काँग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्दको माग गर्दै आज उजुरी दिएका छन् पौडेलले तनहुँ जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भई उजुरी दिएका हुन् । पौडेलले जोशीको उम्मेदवारी रद्दको माग गर्दै उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाबेला आफैँविरुद्ध बागी उम्मेदवारका रुपमा उम्मेदवारी परेपछि रद्दको माग गर्दै पौडेलले उजुरी दिएको बताइएको छ । पौडेलले जोशीको उम्मेदवारी रद्द हुनुपर्नेसहितको निवेदन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नायब सुब्बा शिव पौडेलले बताए जोशीलाई विशेष अदालतले विसं २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै चार करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?