भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु

लोकपथ
112
Shares

भारत । उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । 

जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटिभी समाचार नेटवर्कले जनाएको छ ।

भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजा स्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् । गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भाग दौडमा १२१ जनाको मृत्यु भएको थियो ।

अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दु नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो ।

मंगलबारको दुर्घटना नजिकैको सहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दु पर्व कुम्भ मेलामा लाखौँ भक्तजन सहभागी भइरहेका बेला भएको हो ।

जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् । यस धर्मले अहिंसा, कडा शाकाहारिता र सबै जीवजन्तुप्रति प्रेमको शिक्षा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?