गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

लोकपथ
84
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफद्वारा उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

बैंकको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभीएफको तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरूमा वृद्धि हुँदै गइरहेको निसन्तानपनको उपचारका लागि नेपालमा लामो समय देखि ख्याती प्राप्त वात्सल्य नेचुरल आईभिएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो । 

सम्झौता पश्चात् बैंकका सम्पूर्ण ग्राहकहरूले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा एकमुष्ट १० हजार प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्डहोल्डरहरुले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरुबाट उक्त छुट प्राप्त गर्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?