विशेष अफरसहित श्रीजा अटोमोबाइल्सको विराटनगरमा एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ

लोकपथ
35
Shares

विराटनगर । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्स प्रा लिले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ गर्ने घोषणा गरेको छ ।

चार दिनसम्म चल्ने कार्यक्रम माघ १६ गते देखि माघ १९, २०८१ सम्म कञ्चनजङ्घा बैंक्वेट, गोघ्रा चोक, विराटनगरमा आयोजना हुनेछ ।

यस क्याम्पमा ग्राहकहरुले लिपमोटर सी१० र र सिट्रोन इसी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउनेछन् ।

लिपमोटर सी१० एक नयाँ पिढीको विद्युतीय सवारी साधन हो जसले स्लीक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइविङ अनुभव प्रदान गर्दछ, जसको दूरी र स्मार्ट प्रविधिको सुविधाहरू प्रशंसनीय छन् ।

यस्तै, सिट्रोन इसी३ शहरी गतिशीलतामा नवीनतम विकास हो, जसले कार्यकुशलता, स्टाइल र आरामलाई एक समर्पित विद्युतीय सवारी साधनमा एकत्रित गरेको कम्पनीले जनाएको छ । साथै जुन आधुनिक चालकहरूको लागि डिजाइन गरिएको छ । यी दुवै सवारी साधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्छन्, जसले ग्राहकहरूलाई वातावरणमैत्री र दिगो यात्रा गर्नको लागि अवसर प्रदान गर्ने बताइएको छ ।

कार्यक्रमका आगन्तुकहरूलाई यी अभिनव विद्युतीय सवारी साधनहरू टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता अवसरहरु प्राप्त हुनेछन्, साथै निस्शुल्क ७ केडब्ल्यू वाल चार्जर पनि प्राप्त हुनेछ ।

यस क्याम्पले विराटनगरका ग्राहकहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरुको फाइदा उठाउने अवसर प्रदान गर्दछ । श्रीजा अटोमोबाइल्स एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प तपाईंको सवारी साधनलाई अपग्रेड गर्ने र दिगो ड्राइभिङको भविष्य तर्फा लाग्ने उत्तम अवसर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?