काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डार वेयर हाउस आगलागीका विषयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) किशोर प्रधानले जागिरको उत्तरार्धमा आफ्ना नजिककाहरुसँग आगलागी छानबिन समिति सदस्य रही आफूले गरेको सहयोगलाई प्रधान कार्यालयले नजरअन्दाज गरेको टिप्पणी गरेका छन् । आफूले प्रधान कार्यालयलाई कुनै प्रश्न नउठोस् भनेर ९ नम्बर बाहिनीको कम्पाउन्डदेखि बाहिर छुट्टै तारबार तथा पाले घरसहित अवस्थित रहेको भण्डार महाशाखाको वेयर हाउस (जुन महानिरीक्षक (आईजीपी)को प्रत्यक्ष मातहतमा पर्छ) मा भएको आगलागीमा सशस्त्रको नेतृत्वलाई सहयोग पुग्ने गरी काम गरेको तर नेतृत्व आफूलाई छलछाम गर्ने शैलीमा अघि बढेको उनले टिप्पणी गर्ने गरेका छन् ।
सो आगलागी एरिया बलम्बु बाहिनी परिसरको सुरक्षा घेरा बाहिर छुट्टै अवस्थित छ । गत चैत २६ गते वेयर हाउसमा आगलागी भएको थियो ।
सशस्त्र प्रहरी बल नम्बर ९ पशुपति बाहिनीका बाहिनीपति प्रधान गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गृहद्वारा गठित आगलागी छानबिन समितिको सदस्य थिए । समितिमा सशस्त्रका डीआईजी प्रधानका अलावा महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ थिए ।
स्रोतका अनुसार, केही महिनाअघि कारबाहीको विषयमा बाहिनीका अधिकृत र डीआईजी प्रधानबीच भनाभन नै भएको थियो । त्यसपछि बाहिनी कार्यालयका एसपी अर्जुन खत्रीलाई प्रधान कार्यालयमा काज सरुवा गर्नु परेको थियो ।
सो समितिमा सदस्य रहेका प्राविधिक पृष्ठभूमिका प्रधानलाई पछिल्ला दिनमा प्राकृतिक विपद् स्थापित गर्न व्यावसायिक ढंगले काम गर्न नसकेको आरोप लाग्दै आएको छ । झन् अवकाशमा जाने निश्चित भएपछि पछिल्ला दिनमा आफ्ना विरुद्धमा सशस्त्र प्रहरीका जिम्मेवार अधिकृतहरू नै लागेको उनको बुझाइ रहेको उनीनिकट स्रोतको दाबी छ । डीआईजी प्रधान आगामी माघ २२ गते डीआईजीको चार जोड एक वर्षका कारण अवकाशमा जाँदै छन् ।
स्रोतका अनुसार, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिमा सदस्य रहेका डीआईजी प्रधानले वास्तविकतालाई पन्छाइ सशस्त्र प्रहरी नेतृत्व र अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको ‘लाइन’ अनुसारको कुरा राखेका थिए । जसका कारण घटनापछि रेस्क्यूमा परिचालित बाहिनीका अधिकृत तहका कर्मचारीहरू बिनासित्तीमा कारबाहीमा परेका थिए । अहिले भने उनले यो कुराले आफूलाई पश्चात्ताप हुने गरेको आफूनिकटकालाई सुनाउन थालेका छन् ।
सो आगलागीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्स्पेक्टर, एक सई, २ असई र एक जवान कारबाहीमा परेका थिए । एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको थियो भने एसपी अर्जुन खत्री, डीएसपी नारायण सेढाई, सशस्त्र प्रहरी निरीक्षकद्धय (इन्स्पेक्टर) गोपीराम श्रेष्ठ र पदमपाणि पाण्डेलाई नसियत दिइएको थियो । सशस्त्र प्रहरी नियमावलीको दफा २२ अनुसार नसियत पाएको सशस्त्र प्रहरी कर्मचारीले एक वर्षसम्म बढुवा हुन पाउँदैनन् ।
आगलागीको घटनामा सशस्त्र प्रहरी मुख्यालयले पनि तत्कालीन कार्य विभागका एआईजी वंशीराज दाहाल नेतृत्वमा ९ सदस्यीय छानबिन समिति बनाएको थियो ।
स्रोतका अनुसार, आगलागी प्रकरणमा प्रधान कार्यालयको लाइनबमोजिम कुरा राखेको खण्डमा प्रधानलाई दरबन्दी नै थपेर एआईजी बनाउने बचनसमेत दिइएको थियो । सोबमोजिम मातातीर्थस्थित सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका लागि एआईजी दरबन्दी थपको प्रस्तावसमेत अघि बढाइएको थियो । प्रतिष्ठानमा एआईजीको दरबन्दी थप नभएपछि ९ नम्बर बाहिनीलाई नै महानगरीय सशस्त्र प्रहरी कार्यालय बनाएर एआईजीको दरबन्दी थप्न सशस्त्र मुख्यालयले ‘पहल’ गरेको थियो । तर यी पहल आफूलाई झुक्क्याउन मात्रै गरिएको उनको निष्कर्ष रहेको उनीनिकट स्रोतको भनाइ छ ।
आफूलाई एआईजी बन्न नदिन एआईजी वंशीराज दाहालले खेलेको उनको बुझाइ रहेको छ । दाहालको भावी आईजी हुने महत्वाकांक्षा नै मुख्य हो भन्ने बुझाइ पनि उनको रहेको छ ।
संसदमा पेस भइसकेको सशस्त्र प्रहरी ऐन जेठ महिनासम्म लम्बिए अवकाशको ३० वर्षे एवं एआईजीको ३ बर्से प्रावधानले आफूभन्दा सिनियर एआईजीद्वय चन्द्रप्रकाश (सीपी) गौतम र नारायणदत्त पौडेल अवकाशमा जाने र आफू निर्विकल्प आईजी बन्ने तर एउटा एआईजी थपिए दाहाललाई त्रास रहिरहने प्रस्ट देखिनु नै जड कारण रहेको उनको बुझाइ रहेको छ ।
डीएमएस बुट र स्पोर्टस् सुजहरू मात्र जल्ने र मुद्दा पर्ने भन्ने कुरा एकदम हास्यास्पद
आगलागीको विषयमा अझ रहस्यमय कुरा त के छ भने घटनास्थल प्रकृति मुचुल्काअनुसार विभिन्न ३७ प्रकृतिका सामानहरू लाखौँ परिमाणमा रहेको उक्त वेयर हाउसमा ठूलो परिमाण एवं रकमको डीएमएस बुट र स्पोर्टस् सुजहरू मात्र जल्ने र मुद्दा पर्ने भन्ने कुरा एकदम हास्यास्पद देखिन्छ । जसको तात्पर्य कि त स्टोरमा माथि उल्लेखित परिमाणमा सामानहरू नभई मौकाको चौका उठाउने निहित उद्देश्यले प्रहरीलाई प्रभावमा पारी सामान थप गरी घटनास्थल प्रकृति मुचुल्का तयार पारिएको हुनुपर्छ कि त डीमएस बुट र स्पोर्टस् सुज न्यून परिमाणमा स्टोरमा दाखिला गरी मोटो रकम कमिसनको चक्करमा ठेकेदारहरूसँगको मिलेमतोमा मुद्दा हाल्न लगाइएको त होइन भन्ने प्रश्न गर्ने प्रशस्त आधार समेत देखिन्छ । जलेर बचेको परिमाण र घटनास्थलको जलेको अवशेष भिडाउँदा थप प्रस्ट हुने भन्ने उद्धारमा खटिनेहरूले समेत भनेको सुनेको स्थानीयदर्शीको भनाइ छ ।
अझ प्रत्यक्षदर्शी तथा बलम्बु आसपास बस्ने सशस्त्र कर्मचारीहरूले त मिलेमतोमा सामानै नभएको स्टोर जलाए वा कमसल सामान खरिद गरी वितरण गर्दा अप्ठेरो पर्ने डरले जलाएको हुनसक्ने समेत भन्ने गरेका छन् ।
एसएसपी सुधिरजंग थापालाई काज सरुवा गरेर एसपी श्रेष्ठलाई दिइएको थियो जिम्मेवारी
रोचक कुरा त के छ भने सशस्त्र प्रहरीको संगठन संरचना अनुसार सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रही साधारण समूहको एसएसपी प्रमुख हुने भण्डार महाशाखा जस्तो संवेदनशील ठाउँमा सरुवा भएका एसएसपी सुधिरजंग थापालाई सरुवा भएको केही दिनमै सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा काज खटाइएको थियो । त्यसपछि महाशाखामा दरबन्दी नै नभएका लेखा समूहका एसपी राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको थियो । एसपी श्रेष्ठ भण्डार प्रमुख भएकै समयमा उक्त वेयर हाउसमा आगलागी भएको थियो ।
यो पनि
प्राविधिक पृष्ठभूमिका डीआईजी प्रधानलाई नयाँ दरबन्दी नै थपेर एआईजी बनाउन चलखेल
प्रहरी विधेयकमा गृहमन्त्री लेखकको मनमौजी, सुझाव बेवास्ता गरिएको भन्दै दुवै संगठनमा असन्तुष्टि
सशस्त्र प्रहरीमा ‘ज्वाइँ’ को जहिले पनि रजगज
सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’
सशस्त्रमा चार डीआईजीको म्याद थप्ने र रोक्ने खेलमा कसले मार्ला बाजी ?
सशस्त्रका एसपी डाँगीले बाँकेमा केसम्म गरेनन् ?
डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
स्पष्टीकरणका लागि प्रधान कार्यालय बोलाइएका सशस्त्रका एसपीहरुलाई यो शर्तमा जान दिइयो कार्यक्षेत्र
सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी
ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी
डीआईजी धौबजीको अर्काे कर्तुत : भारतीय समकक्षीसँगको बैठकको खर्चसमेत गणपतिहरुबाट असुली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया