महाकुम्भ दुर्घटना : मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त

लोकपथ
161
Shares

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्  । 

‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ, ‘उनले एक्समा लेखेका छन्, ‘आफ्ना प्रियजन गुमाएका भक्तजनहरूप्रति मेरो गहिरो समवेदना छ ।’

प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहेका छन् । उनले  प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थितिसामान्यीकरण र राहतका लागि निर्देशन प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । 

‘मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो । दोस्रो ‘शाही स्नान’को दिन मनाइने ‘मौनी अमावस्या’ मा आठदेखि १० करोड मानिसको भीड लाग्ने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?