करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
70
Shares

बाँके । करेन्ट लागेर मृत्यु एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१२ बस्ने सन्तोष प्रसाद अर्यालको छोरा १४ वर्षीय सन्दीप अर्यालको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । 

सोही ठाउँस्थित रक्षा मध्यवती सामुदायिक वनमा रूखमा घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?