काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ। साथै, संसद्मा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगायतको विषयमा छलफल हुने जनाइएको छ।
संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया