अमेरिकी सेनाको हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किएर नदीमा खस्दा थुप्रै हताहतको आशंका

लोकपथ
161
Shares

काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन विमानस्थल नजिक सेनाको हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

वासिङ्गटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९ बजे सो दुर्घटना भएको हो । 

६० जना सवार विमान र हेलिकप्टर नजिकैको नदीमाथि ठोक्किएर विस्फोट भएको हो । ठोक्किएसँगै विमान र हेलिकप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी छ । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन ।

अवतरणअघि नै विमान हेलिकप्टरसँग ठोक्किएको त्यहाँको संघीय उड्डयन प्रशासनले जनाएको बीबीसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ । नदीमा उद्धार र खोजीकार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?