काठमाडौं । जिल्ला अदालत रौतहटको फैसला बमोजिम अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार अवस्थामा रहेका १८ प्रतिवादीहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साथै फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दिपक कुमार रायले बताए ।
उनका अनुसार कुटपिट, जालसाजीदेखि जग्गा मिचेको आरोप लागेकाहरु समेत रहेका छन् । किर्ते जालसाजीका अभियुक्त गरोश महरा चमार, कुटपिट तथा गाली बेइज्जतीका शेख जाकिर र सगीरा खातुन रहेका छन् । त्यस्तै जालसाजीका कोशिला देवी कल्वार, सन्तोाष कुमार, आशादेवी भण्डारी, रामसिहासन साह, साहेबलाल साह रहेका छन् ।
उनका अनुसार जग्गा खिचोला मुद्दाका तीन जना फरार प्रतिवादीहरु समेत पक्राउ परेका छन् । जसमा गेनालाल साह, सियाराम साह तथा रामनाथ साह रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया