काठमाडौं । सिप्रदी टेडिङ्ग प्रालिले स्कूलबसहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको जीपीएस ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट एप्लिकेसन ‘लोकोन्याभ सिप्रदी एप’ पछिल्लो समय अभिभावक र विद्यालयमाझ अत्यन्तै उपयोगी बनेसँगै लोकप्रिय बन्दै गइरहेको छ ।
सिप्रदीका अनुसार, सन् २०२२ जुलाईदेखि स्कूलबसलाई थप सुरक्षित एवम् सहज यात्राको सारथीका रुपमा सञ्चालनमा ल्याइएको लोकोन्याभ सिप्रदी ले आफ्नो पूर्व निर्धारित उद्देश्यमा सफलता पाएको छ । जसकारण अन्य विद्यालय र अभिभावकले समेत यस प्रति निकै चासो र अभिरुचि दर्शाउँदै गईरहेका छन् ।
लोकोन्याभ सिप्रदी एप्लिकेसनले विद्यालय प्रशासनलाई गाडीको वास्तविक समय जीपीएस ट्रयाकिङ, रुट व्यवस्थापन, जियोफेन्स सेटिङको साथमा सम्पूर्ण गाडीहरुको कार्य सम्बन्धी विश्लेषण रिर्पोट पनि प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ ।
यस्तै, एप्लिकेसनमा ओभर स्पीड, तीब्र ब्रेकिङ, अचानक एक्सिेलेरेशन जस्ता सुरक्षा सूचना समावेश गरिएको हुँदा यस्ता सूचनाहरूले विद्यालय प्रशासनलाई जोखिमयुक्त ड्राइभिङ गतिविधिहरू पहिचान गर्न, चालकहरूलाई गति सीमा र सुरक्षित ड्राइभिङ सम्बन्धी तालिमहरू प्रदान गर्नको लागि मद्दत गर्ने गरेको कम्पनीको भनाई छ ।
त्यसैगरी, सडक दुर्घटना, गाडी बिग्रिने वा अन्य आपतकालीन अवस्थामा तुरुन्तै घटनास्थलको लोकेसनबारे जानकारी प्रदान गर्ने र यसको सहायताबाट उद्धार, मर्मतसहितका सहायता कार्यमा सहजता प्रदान गरिरहेको सिप्रदीले जनाएको छ ।
यसबाट क्षतिलाई प्रयोगकर्ता मैत्री इन्टरफेस भएको यस एप्लिकेसनलाई विद्यालयहरुले आफ्ना विद्यमान व्यवस्थापन प्लेटफर्महरुमा सजिलै इन्ट्रीगेट गर्न पनि सफल भएको बताइएको छ ।
यसैगरी, अभिभावकहरूले पनि यस एप्लिकेसनमार्फत गाडी कुन स्थानमा छ वा काहाँ आइपुग्यो ? भनि सजिलै ट्र्याक गर्न सक्ने हुँदा आफ्ना बच्चाहरूलाई लिन वा पुर्याउन जाने समयको सहज व्यवस्थापन गर्नसक्नुका साथै बालबालिका सुरक्षित साथ विद्यालय पुगेको वा घर फर्किएको सुनिश्चित गर्ने गर्दछ ।
एप्लिकेसनबारे थप जानकारी दिँदै कम्पनीले उल्लेख गरेको छ–‘प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूको सुरक्षाबारे विश्वस्त रहन स्कुल र विद्यालय प्रशासनले पनि आफ्ना यातायात प्रणाली पहिले भन्दा धेरै सुरक्षित, स्मार्ट र कुशलतापूर्वक सञ्चालन गर्न स्कुल भन्ने कुराको सुनिश्चितता यस एपमार्फत हुँदै आइरहेको छ ।’
विद्यालय प्रशासन तथा अभिभावकलाई लक्षित गरी ल्याइएको यस एप्लिकेसनले स्कुलबसको सुरक्षा तथा सहज व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया