नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

लोकपथ
35
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा विरोध गर्ने बारेमा छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

यसअघि आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो । जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?