यी हुन् अमला खानुका फाइदाहरु

लोकपथ
0
Shares

काठमाडौं । अमला सहजै पाइने फल हो । अमलामा हाम्रो शरीरको लागि निकै उपयोगी भिटामिन सी प्रशस्त मात्रामा पाइने गर्दछ ।

बहुगुण भएको अमला हाम्रो स्वास्थ्यको लागि निकै नै उपयोगी फल मानिन्छ । कुनै रसायन प्रयोग नहुने भएका कारण अमला हाम्रो लागि निकै उपयोगी मानिन्छ ।

अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमलामा क्रोमियम बढि मात्रामा हुन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन ।

यी हुन् अमला खानुका मुख्य फाइदाहरु :

१. हरेक दिन अमला खानाले हाम्रो पेट सधैँ सफा रहिरहन्छ । जसले गर्दा हामीलाई कब्जियतको समस्याले सताउँदैन

२. अमला खानाले हामीमा हुने ग्यास्ट्रिक केही हदसम्म नियन्त्रण हुने गर्दछ

३. अमलामा पाइने एन्टीअक्सिडेन्टले हाम्रो शरीरमा कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ, जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ

४. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ

५. हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धि रोगबाट मुक्ति मिल्छ

६. अमलाले हाम्रो रगत सफा राख्न मद्दत गर्छ

७. हरेक दिन अमला खानाले कपाल फुल्ने रोगबाट मुक्त पाइन्छ । यसले कपाल कालो बनाउन समेत मद्दत गर्छ

८. मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमलाको सेवन गर्न सकिन्छ । यसो गर्दा मुटु तथा मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सन्चार गर्न सक्छ र तपाईं स्वास्थ रहनु हुन्छ ।

९. अमलाले हामीलाई पत्थरी हुनबाट समेत जोगाउँछ

१०. अमलाको नियमित प्रयोगले आँखासम्बन्धी समस्याबाट समेत हामीलाई छुटकारा मिल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?