म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा जोडियो

लोकपथ
35
Shares

म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । 

अपर म्याग्दी जलविद्युत आयोजनाले धवलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरादेखि चेचुङ जोड्ने सडक निर्माण गरेको हो । 

प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत स्थानीयको माग अनुसार करिब दुई महिना डोजर परिचालन गरेर नाउरा देखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण गरेको अपर म्याग्दी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । 

सडकबाट चेचुङका १९ घरपरिवार लाभान्वित भएका छन् । जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । स्थानीयबासी चक्रबहादुर घर्तीले सडक निर्माण भएपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको बताए । स्थानीयबासीलाई आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बजार पठाउन सहज भएको घर्तीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?