काठमाडौं । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको आयोजनामा प्रदेश अन्तर्गतका १३ जिल्ला शाखाका सभापतिहरूको बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल रेडक्रसको वर्तमान अवस्था, अवरुद्ध विधान महाधिवेशन लगायतका विषयमा गहन छलफल भएको थियो।
बैठकले गतीरोधको दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल रेडक्रसको वैधानिक निकायलाई नै सरोकारवाला मानी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित पक्षलाई अनुरोध गरेको महासचिव रामजी पौडेलको भनाइ छ ।
प्रदेश समिति अध्यक्ष भोलानाथ रुपाखेतीको अध्यक्षतामा सम्पन्न बैठकमा बागमती प्रदेश अन्तर्गतका ९ जिल्ला सभापति, २ जिल्ला मन्त्री, एक जिल्लाबाट सदस्य तथा प्रदेश कार्यसमिति पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा उपस्थित सहभागीहरूले नेपाल रेडक्रसको सेवा तथा मानवीय कार्यलाई प्रभावकारी बनाउन संस्थागत स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै सहमति, सहकार्य र संवादमार्फत समस्याको हल गर्नुपर्नेमा जोड दिएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया