काठमाडौं । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष ९ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् ।
सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बाबजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो ।
एसिया, युरोप र अफ्रिकाको बीचमा अवस्थित संयुक्त अरब इमिरेट्स (युएई) शहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले एक विज्ञप्ति जारी गर्दै विमानस्थललाई ‘विश्वव्यापी सफलताको कथा’ को संज्ञा दिँदै यसले ४०० अन्तर्राष्ट्रिय गन्तव्यलाई लक्षित गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया