काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेका छन् ।
निलम्बन फुकुवाका लागि निवेदनसहितको पत्र लिएर लामिछाने संसद् सचिवालय पुगेका हुन् ।
लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न संसद् सचिवालय पुगेका हुन् ।
केहीबेरपछि सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन गैरकानुनी रहेको र प्रतिनिधि सभा नियमावली विपरित रहेको भन्दै त्यसको फुकुवाका लागि आग्रह गर्ने रास्वपाका एक सांसद् बताए ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेपछि गत पुस ८ गते लामिछानेलाई संसद् सचिवालयले निलम्बन गरेको थियो ।
लामिछानेसहित उनको दल रास्वपाले सरकारले प्रतिशोध साँधेको भन्दै उनको निलम्बन फुकुवा हुनुपर्ने माग राख्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया