खाली पेटमा चिया पिउनु हुन्छ ? सावधान यी रोगहरू लाग्न सक्छन्

लोकपथ
329
Shares

काठमाडौं । हामीमध्ये धेरैको बानी हुन्छ, बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने । अधिकांश मानिसहरूले आफ्नो बिहान चियाबाट सुरु गर्छन् ।  प्राय जसो मानिस बिहान उठी मुख धोई खाली पेटमा नै चिया पिउने गर्दछन् । अझ् कति व्यक्तिहरू बिहान मुख पनि नधोई चिया पिएर आफ्नो दिनको सुरुवात गर्दछन् । खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागि हानिकारक छ भनेर त हामी सुनिरहेका हुन्छौँ । धेरै व्यक्तिलाई यो कुरा थाहा नहुन पनि सक्छ अनि थाहा पाएका व्यक्तिले जानी जानी पनि अन्जान बनिरहेका हुन्छन् । यसरी खाली पेटमा चिया पिउँदा र धेरै चिया पिउँदा हाम्रो स्वास्थ्यमा के–के समस्या देखिन्छ तल दिइएको छ । 

एसिडिटी र ग्यासको समस्या : खाली पेटमा चिया पिउँदा पेटमा एसिडको स्तर बढ्छ । जसले गर्दा एसिडिटी र ग्यासको समस्या हुन सक्छ । चियामा पाइने क्याफिनले पेटको अम्लता बढाएर ग्यास्ट्रिक जलन निम्त्याउँछ । 

पाचन प्रणालीमा नराम्रो प्रभाव : चियामा ट्यानिन नामक तत्त्व हुन्छ । जसले खाली पेटमा पाचन प्रणालीलाई हानि पुर्‍याउन सक्छ । यो तत्त्वले पेटको भित्तालाई क्षति पुर्‍याएर पाचनलाई बाधा पुछाउँछ । 

रगतमा चिनीको मात्रामा असन्तुलन : खाली पेटमा चिया पिउँदा रगतमा चिनीको मात्रा अचानक बढ्न वा घट्न सक्छ । जुन मधुमेहका बिरामीहरूका लागि खतरनाक हुन सक्छ ।

हर्मोनल असन्तुलन : क्याफिनले हार्मोनल सन्तुलन बिगार्न सक्छ । यो समस्या विशेषगरी महिलाहरूमा बढी देखिन्छ । खाली पेटमा चिया पिउँदा महिनावारी सम्बन्धी समस्या र थाइराइडको जोखिम बढ्न सक्छ । 

डिहाइड्रेसन : चियामा ड्यरेटिक गुण हुन्छ । जसले शरीरबाट पानीको मात्रा कम गर्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा डिहाइड्रेसन हुन सक्छ ।

सास गन्हाउने र दाँतको समस्या : खाली पेटमा चिया पिउँदा मुखमा एसिड बढ्न सक्छ । जसले गर्दा सास गन्हाउने र दाँतमा प्लाक बन्ने हुन्छ । यसले दाँत किरा लाग्ने र गिजाको समस्या पनि निम्त्याउन सक्छ ।

निद्रा र मानसिक स्वास्थ्यमा प्रभाव : खाली पेटमा चिया पिउँदा शरीरमा क्याफिनको स्तर बढ्छ । जसले अनिद्रा, बेचैनी र मानसिक तनाव निम्त्याउन सक्छ । त्यसैले, आजदेखि खाली पेटमा चिया नपिउनुहोस् । 

त्यो भए के बिहान उठ्ने बित्तिकै के खाने त ? 

बिहान उठ्ने बित्तिकै, पहिले मनतातो पानी वा कागती पानी पिउनुहोस् । चिया पिउनु आवश्यक छ भने, चियासँगै  बिस्कुट वा ड्राई फ्रुट्स जस्ता हल्का केही खानेकुरा पनि खानुहोस् । हर्बल चिया वा हरियो चियालाई प्राथमिकता दिनुहोस् । यी दुवै पेटका लागि हल्का हुन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?