कांग्रेस संसदीय दलको बैठक सकियो, के–के भयो छलफल ?

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक पुनः बस्नेगरी सकिएको छ । शुक्रवार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बैठक नसकिएपछि पुनः आगामी माघ २४ गते बस्नेगरी सकिएको हो ।

आजको बैठकमा सांसदहरुले सरकारले हालै ल्याएको अध्यादेशका विषयमा कुरा उठाएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । त्यस्तै आजको बैठकमा सांसदहरुले अध्यादेशसहित आफ्नो निर्वाचन क्षेत्रका समस्याका विषयमा समेत कुरा उठाएका थिए ।

‘आजको बैठकमा माननीय सदस्यहरुले अध्ययादेशको विषयमा कुरा उठाउनुभएको छ साथै आफ्नो निर्वाचन क्षेत्रका विषयमा कुरा उठाएका छन्,’ उनले भने ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले आजै पाथीभराको केबलकार निर्माणका विषयमा भइरहेको विवादबारे संसदीय मामिला मन्त्रालयका सचिवालयाई बोलाएर तुरुन्तै वार्ता समिति बनाएर त्यसलाई सकारात्मक ढंगले अघि बढाउन निर्देशन दिएको समेत उनले बताए ।

वक्ताहरुले आफ्नो भनाइ लामो समय राखेकाले आजको बैठकमा समय अपुग भएको समेत उनले बताए । आजको बैठकमा आजबाट सुरु हुने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?