रविले भेटे सभामुख घिमिरे, निलम्बन फुकुवाको माग

लोकपथ
364
Shares

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर केहीबेरअघि लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् ।

भेटमा लामिछानेले आफूलाई गरिएको निलम्बन फुकुवा गर्न माग गर्दै निवेदन समेत दिएका छन् ।

गत पुस ८ गते लामिछानेलाई संसद् सचिवालयले निलम्बन गरेको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछाने निलम्बनमा परेका हुन् । निलम्बनमा परेका लामिछाने आजबाट सुरु हुने संसद् बैठकमा उपस्थित हुन पाउनेछैनन् ।

लामिछानेसहित रास्वपा सांसद् एवं कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सांसद शिशिर खनाल लगायतका नेताहरु समेत उपस्थित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?