काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
केहीबेरअघि सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटघाटमा लामिछानेले निलम्बन फुकुवाका लागि निवेदन समेत दिएका थिए ।
यस्तो छ सभामुख घिमिरे र लामिछानेबीचको वार्तालाप :
निवेदन दिँदै लामिछानेले भने– सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुस् ।
सभामुख घिमिरेले भने ः मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।
त्यस्तै सभामुख घिमिरेले रविले आफ्नो कुरा राखेपछि सोधे, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’
त्यसो भनेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न आग्रह गरे।
रवि आफ्नो कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै सभामुखले तपाईको स्वास्थ्य के छ ?भनेर सोधको थिए ।
लामिछाने आफ्नो केही सांसद् र कानुन व्यवसायीसहित सभामुखको कार्यकक्षमा प्रवेश गरेका थिए ।
गत पुस ८ गते लामिछाने निलम्बनमा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया