संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा देउवाले के भने ? [पूर्णपाठ]

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले एमालेसँगको सहमति कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे ।

उनले भने, ‘एमलोसँगको सहमति कार्यान्वयन हुन्छ । अन्य राजनीतिक दलको पनि सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै उनले वर्तमान अवस्थामा लोकतन्त्रको विकल्प सोच्न नसकिने समेत बताए ।

देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी समेत गरे ।

‘कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त हुँदैन । सरकारले यस अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने अनुभूति गरेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?