चन्द्रागिरि नगरपालिकाद्वारा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

लोकपथ
77
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले  सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा  प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  

सो नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरपालिकामा रहेका शिक्षण संस्था  बालकल्याण गृह, सार्वजनिक शौचालयहरू, होटेल धर्मशाला, प्रतीक्षालय लगायतका सार्वजनिक स्थलहरूमा  धूम्रपान चुरोट, बिडी, तमाखु जस्ता  सुर्ती जन्य पदार्थहरू बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  

गुट्खा प्रकृतिका सुर्तीजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिका कार्यालयले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्धको सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘कसैले यो सूचनालाई अवज्ञा गरी वितरण गरेको पाइएमा नगर प्रहरी मार्फत सामान जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने व्यहोरा समेत गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?