गायिका एलिना चौहानले दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

लोकपथ
252
Shares

काठमाडौं । गायिका एलिना चौहानले वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।

गायिका चौहानले जिल्ला अदालत काठमाडौंमा आफू पति विष्णु सापकोटासँग सँगै बस्न नसक्ने भन्दै जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

उनले पति विष्णुले विभिन्न शंका उपशंका गरेको भन्दै सम्बन्ध विच्छेद गर्न चाहेको उल्लेख गरेकी छन् ।

‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका(उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव भइरहन्थ्यो । त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन,’ फिराद पत्रमा भनिएको छ ।

एलिना र विष्णुबीच गत ०८१ साल वैशाखमा विवाह गरेका हुन् ।

विष्णु अष्ट्रेलियामा बस्दै आएका छन् । व्यवसायिक पृष्ठभूमीका विष्णु र एलिनाबीच प्रेम सम्बन्धमा रहँदा समेत बेलाबेला सम्बन्धमा दरार आउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?