काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
उनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गरे ।
उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताए ।
त्यस्तै उनले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । अध्यक्ष लिङदेनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भन्ने आभास भएको बताए ।
उनले भने, ‘निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धी सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन ? विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले नियमित कुरालाई पनि उपलब्धी भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्ने छ । सुशासनको क्षेत्रमा वर्तमान सरकारले के ग¥यो । निरासा जनतलाई आशा जगाउने के काम ग¥यो रु देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार गर्यो ? अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ । यो सरकारको कारणले भएको हो ? यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो ? सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं । साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । कांग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचार सम्बन्धि ऐन पेश हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’
उनले सरकारको साढे ६ महिनको समय निरासाजनक रहेको बताए । त्यस्तै उनले फरक प्रशंगामा सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि मुद्दा चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया