तेह्रथुम । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-७ थाङखुवा बस्ने ५१ वर्षीय भोलानाथ ढकाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ढकालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया