अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : महामन्त्री शर्मा

लोकपथ
49
Shares
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् ।  

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने बताए ।

उनले काग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रूपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने बताए । 

महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी रहेको बताए । सामाजिक सञ्जाल नियन्त्रण गर्ने गरी विधेयक ल्याउन गलत भएको उनको भनाइ  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?