९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने 

लोकपथ
91
Shares

काठमाडौं । मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाइमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता भएको हो ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन सुरु गर्नु पर्ने मिति (RCOD) २०८६ साल वैशाख २२ रहेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (EIA) स्वीकृतिका लागी सम्बन्धित निकायमा पेस भएको कम्पनीको भनाइ छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभी मा जोडिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?