काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभई प्रभावकारी नियमनका लागि भएको बताएका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्यमहरुले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको बताए ।
उनले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने गरी नभई नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताए । प्रभावकारी नियमनका लागि कानुनी प्रबन्धहरू जरुरी रहेकाले विधेयक ल्याइएको बताए । उनले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिन सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया