काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु हुने भएको छ । माघ १९ र २० गतेका लागि बोलाइएको बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज (शनिबार) बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ-आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया