काठमाडौं । हजारौँ मानिसहरू प्यालेस्टिनीहरूको विस्थापनको विरोध व्यक्त गर्न राफाह क्रसिङको इजिप्टियन भू-भागमा भेला भएका छन् ।
राज्यद्वारा सञ्चालित नाइल टिभीले प्रदर्शनकारीहरूलाई इजिप्टियन र प्यालेस्टिनी झण्डा फहराउँदै र विस्थापनलाई अस्वीकार लेखिएका प्लेकार्डहरू बोकेको देखाएको थियो ।
प्रदर्शनकारीहरूमा इजिप्टियन संसदका राजनीतिक व्यक्तित्वहरू र नागरिकहरू समावेश थिए । जसले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने आह्वानलाई अस्वीकार गर्ने नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया