काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालले जलविद्युत कार्बन व्यापारबाट वार्षिक एक करोड बढीको डलर व्यापार गर्नसक्ने बताएका छन् ।
इप्पानले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको जलविद्युतको हरित मुद्रीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले बताएका हुन् ।
उनले नेपालमा ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरेको र त्यसबाट उत्पादन भएको कार्बनको व्यापार गर्दा वार्षिक रूपमा एक करोड डलर आउने बताए । उनले नेपालको ४६ प्रतिशत क्षेत्र वन र खोला नदी, वन गरी ८३ प्रतिशत ल्याण्ड कभर गरेको बताए । उनले कार्बनको व्यापार ठूलो सम्भावना रहे पनि वनका रुख काट्न नपाउने तथा छिर्न नपाउने स्थिति रहेको बताए ।
उनले नेपालले धेरै कार्बन उत्पादन गरिरहेको बताए । उनले अहिलेसम्म जलविद्युत व्यवसायी तथा निजी क्षेत्र कार्बन डलर कमाउनेतर्फ उन्मुख नभएको बताए । उनले सरकारले कार्बन व्यापारको लागि आवश्यक नीतिगत रूपमा सहजीकरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । नेपालले कार्बनको व्यापार गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था रहेको बताए ।
उनले नेपालमा वन विनास र अत्यधिक दाउरा संकलनका कारण हुने वन क्षयीकरणबाट वर्षेनी करिब १३ लाख टन कार्बन डाइअक्साइड ग्यास ऊत्सर्जन हुने अनुमान छ । नेपालले सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र पूरा गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया