अमेरिकामा फेरि अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

लोकपथ
315
Shares

काठमाडौं । अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति एउटा निजी विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो । विस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ ।

उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए । सो विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?