काठमाडौं । समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो । वरिष्ठ अर्थोपेडिक शल्य चिकित्सक एवं नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका निर्देशक डा. कैलाशकुमार भण्डारीको अगुवाइमा शिविर सञ्चालन गरिएको हो ।
शिविर सञ्चालनसम्बन्धी जानकारी दिँदै निर्देशक डा.भण्डारीले फ्रण्टलाइन अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको यसको उद्देश्य आर्थिक अवस्था कमजोर भएकाहरूको निःशुल्क स्वास्थ्योपचार गर्नु रहेको बताए ।
उनले समाज र राष्ट्रपति संस्था र व्यक्तिले गर्नुपर्ने दायित्व निभाउने उद्देश्यअनुरूप शिविर सञ्चालन गरेको बताए । उनले निःशुल्क स्वास्थ्य शिविरसँग रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया