काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज मध्यान्हदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको हो ।
दुई दिनसम्म चल्ने बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेण्डामा छलफल हुनेछ ।
साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया