राजनीतिक शुद्धता बिना देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल

लोकपथ
91
Shares

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरुलाई चैन नहुने बताए ।

उनले देशको समृद्धि र नागरिकको मुहारमा खुसी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । राजनीतिक शुद्धता नभई कन देशले काँचुली नफेर्ने उनको बुझाइ छ । 

पूर्व प्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?