पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार हो : मुख्यमन्त्री आचार्य

लोकपथ
35
Shares
फाइल तस्बिर

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताएका छन्  । 

जिल्लाको मदाने गाउँपालिका–६ स्थित कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको आज स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । 

उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्यूठानको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गरे। उनले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। 

उनका अनुसार प्रदेश सरकारले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन ‘सर्किट’ निर्माण गर्ने योजना अघि सार्दै आएको छ । प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्त्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए। उनले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?