जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज पनि बैठक जारी रहने भएको छ । बैठक हिजो देखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । बैठक आज समापन गर्ने पार्टीको तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?